बिएल संवाददाता
आज देखि एसइई परीक्षा सुरु भएको छ।
धनुषामा बिहान ८ बजेदेखि सम्पूर्ण परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा परीक्षा सुरु भएको छ।
विगतका वर्षहरू भन्दा यस वर्षको परीक्षामा व्यापक परिवर्तन देखिएको छ।
धनुषासहित मधेश प्रदेशमा बढी चिट चोरी, प्रश्न पत्र बाहिरिने जस्ता क्रियाकलापहरू हुने गरेकोमा यस वर्षको माहोल भने पूर्णतः परिवर्तन भएको देखिएको छ।
मधेश प्रदेश सरकारले लागु गरेको नयाँ नियम अनुसार परीक्षा केन्द्रको २०० मिटर वरिपरि कुनै विद्यार्थीको अभिभावक देखा परे विद्यार्थीसमेतलाई कारबाही हुने भनिएको छ।
प्रदेश सरकारको यो नियमले व्यापक परिवर्तन भएको देखिएको छ।
धनुषाका परीक्षा केन्द्रको बाहिर सुरक्षाकर्मीबाहेक कोही कसैको उपस्थिति देखिएको छैन।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुँईटेलले सरकारको नियम अनुसार यस वर्षको एसइई उत्कृष्ट ढङ्गले भइरहेको बताए। उनले केन्द्राध्यक्षले समेत मोबाइल बोक्न नपाउने जानकारी दिए।
कुनै विद्यार्थीले कुनै किसिमको डिजिटल ग्याजेट, घडी, मोबाइल ल्याएको पाइए सोझै नष्ट गर्ने आदेश दिइएको उनले जानकारी दिए।
यस वर्ष परीक्षा केन्द्रमै उत्तर पुस्तिका चेकजाँच गर्ने भनिएकोले आजै दिउँसो सम्बन्धित निकायहरूसँग बैठक बसी यस बारे थप निर्णय र कामहरू अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए।
धनुषामा यस वर्ष १३,२०० भन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिँदै छन्।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया