
बीपी राजमार्गमा ‘ब्रेक फेल’ भएको बस हाइसमा ठोक्किएर पल्टियो
प्रदेश ३-०१-००६ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नम्बरको हाइससँग ठोक्किएको इलाका प्रहरी कार्यालय मंगलटारले जानकारी दिएको छ। ब्रेक फेल भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस सडकबाट चिप्लिएर बाँसको झ्याङमा अड्किएको छ। दुर्घटनामा ११ जना घाइते भएका र सबैको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।

बिएल संवाददाता - काभ्रेपलाञ्चोक