शुक्रबार, १७ अप्रिल २०२६

कञ्चनपुर कारागारमा झडप हँदा पाँच कैदीबन्दी घाइते

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। 

होहल्ला, गालीगलौज बढ्दै जाँदा झडपको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ। 

बुधबार दिउँसो कैदीबन्दीबीच एकआपसमा झडप हुँदा  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा-११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका-८ का २६ वर्षीय राजु दमाई घाइेत भएका हुन्। 

उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!