बिहिबार, ११ सेप्टेम्बर २०२५

सानो पाइलाले उद्धार गर्‍यो १७ बालश्रमिक

यो अभियानको सुरुवातमा सानो पाइलाले विभिन्न क्षेत्रमा लगाइएका १७ जना बाल श्रमिकहरूको उद्धार गरिएको छ। तीमध्ये १२ जनालाई संस्थाले परिवारको जिम्मा लगाएको छ। परिवारले आगामी दिनमा आफ्ना बालबालिकाहरूलाई श्रममा नलगाउने प्रतिवद्धता जनाएका छन्।  परिवारको पत्ता नलागेका बाँकी ५ जनालाई संस्थाले सञ्चालन गरेको ‘सानो घर’ बालगृहमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईं र ‘बडिगार्ड’लाई १२ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र बडिगार्ड दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा  रिट दर्ता भएको छ। शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेकी हुन्।  सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई अदालत लगियो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ। सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो।  चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ प्रसाईंलाई झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लोकतन्त्रको घरमा आगो लगाएर राजतन्त्रको घर बनाउन सम्भव छैन–गृहमन्त्री

सुशासन र सेवा प्रवाहका कुराहरूमा काम गर्दै जाँदा कमीकमजोरी हुन सक्ने भन्दै उनले भने, ‘केही कमीकमजोरी भए भनेर लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नु भनेको घरमा आगो लगाएर त्यही खरानीबाट अर्को घर बनाउनु भन्नुजस्तै हाे।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीनकुने घटनाबारे पूर्वराजालाई साेध्नुपर्छ–जीवन परियार

नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै उनले पूर्वराजासँग साेधपुछ गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याएको छ।  बुद्ध एयरको जहाजबाट उनीसहित बडिगार्ड दीपक खड्कालाई पक्राउ गरेर भद्रपुरबाट काठमाडौँ ल्याएको हाे। गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई आजै म्याद थप गरिने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आजै म्याद थप गर्ने तयारी गरिएको छ। प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै गरेका प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको हो।  चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर उनी भारतबाट पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईं पक्राउ परेपछि एमालेले भन्याे– अब पूर्वराजालाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ

‘यो प्रक्रियामा कहिँ न कहिँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा पनि ल्याइनुपर्छ', कानून समितिको बैठकमा बोल्दै उनले भने, ‘फागुन ७ गते पूर्वराजाले  जनताहरूले साथ दिनुपर्छ भन्नुभएको छ। उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको भएकाे छैन।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंसँगै पक्राउ परे ‘बडिगार्ड’ पनि

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ गरेको छ।  शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सामाजिक सुरक्षा भत्ता नबढाउने, वृद्धभत्ताको उमेर बढाउने !

‘आगामी पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने’, आयोगको उक्त प्रतिवेदनमा उल्लेख गर्दै यस्तो सुझाव दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिवदेन दराज सजाउनका लागि आयोग गठन भएको होइन: अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाइएका विषयमा कार्यान्वयन गर्न योजना बनाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदैं

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजको मौसमः सातै प्रदेशमा सामान्य वर्षाका सम्भावना

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चट्याङ लागेर दिप्रुङ चुइचुम्मा दुई महिला गम्भीर घाइते

चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन्। बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

आजबाट काठमाडाैँमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन गरिदै

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५  हुनेभएको छ। सम्मेलन चैत २९ देखि ३१ गतेसम्म चल्ने छ।  सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ। सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा. हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विज्ञप्ति निकाल्दै नेपाल प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

नेपाल प्रहरीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईं आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अश्लिल भिडियो देखाउँदै ब्ल्याकमेल गर्ने पूर्वप्रेमीका साथी पक्राउ

पीडित युवतीले आफ्ना प्रेमीलाई आफ्नो गोप्य भिडियो पठाउने गरेकी थिइन्। उनीहरूको सम्बन्ध टुटेपछि प्रेमीका साथी अधिकारीले भिडियो देखाउँदै युवतीलाई ब्ल्याकमेल गर्न थाले। अधिकारीले युवतीसँग पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्पर्क राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा हालि भाईरल गरिदिन्छु भन्दै धम्क्याउने गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। नेपाल प्रहरीको साइबर ब्यूरोको प्राविधिक विश्लेषणमा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनी पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं