बिएल संवाददाता
पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण तरिकाले फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखेको बताएका छन्।
हाजिरी जमानीमा बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी गराउँदै यूताे बताएका हुन्।
गत भदाैमा जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण र अप्रमाणित भएको बताउँदै उनले लेखेका छन्, ‘गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु। मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभचिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।’
त्यसैगरी उनले आफ्नाे कानुनी र राजनीतिक लडाई जारी रहने जानकारी दिए।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया