बिएल संवाददाता
हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्ने भएका छन्।
पाकिस्तानले सुरक्षा र बन्दोबस्तीको तयारीलाई तीव्र पारिएको छ भने रंगरोकन सुरु भएको छ।
पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले भ्रमणमा आउने सबै विदेशी प्रतिनिधिहरूको लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक व्यापक योजना तयार गरिएको छ।
राजधानी इस्लामाबादका अधिकारीहरूले वार्ता अघि व्यापक सुरक्षा उपायहरू लागू गरेका छन्, व्यवस्थालाई सहज बनाउन इस्लामाबाद र पाकिस्तानी प्रान्त पञ्जाबको तेस्रो ठूलो शहर रावलपिंडीमा स्थानीय बिदा घोषणा गरिएको छ।
विदेशी प्रतिनिधिमण्डलहरूको आवागमनका लागि छुट्टाछुट्टै मार्गहरू तोकिएका छन् र ब्लू बुक प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा एजेन्सीहरू तैनाथ गरिएको छ।
प्रहरीले एक्सप्रेस हाइवेमा यात्रुहरूलाई डाइभर्सनको बारेमा जानकारी दिएको छ।
उद्धार सेवाहरू र अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ। रेड जोनमा रहेको पाँचतारे सम्पत्ति सेरेना होटललाई प्रतिनिधिमण्डलहरूको लागि मात्र आरक्षित गरिएको छ।
अमेरिका र इजरायलले इरानमा गरेको समन्वयात्मक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको ठिक ६ हप्तापछि वार्ता हुन लागेको हो। जारी द्वन्द्वले हजारौँ मानिस मारिएका छन्, विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग बन्द भएको छ र ऊर्जाको मूल्य अकासिएको छ।
यही बिच शनिबार इस्लामाबादमा शीर्ष अमेरिकी र इरानी अधिकारीहरूबिच वार्ता हुन लागेको हो।
इरानको स्टुडेन्ट्स न्यूज एजेन्सीका अनुसार, इरानको संसदका सभामुख मोहम्मद बाकर कालिबाफले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलसँग वार्ताका लागि तेहरान प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
ह्वाइट हाउसका अनुसार अमेरिकी टोलीमा वरिष्ठ राजदूत स्टिभ विटकफ र जारेड कुशनर समावेश हुनेछन्, जसको पहिलो चरणको वार्ता शनिबार हुनेछ।
वासिङ्टन र तेहरान पाकिस्तानको मध्यस्थतामा दुई हप्ते युद्धविराममा सहमत भएको केही दिनपछि यो बैठक बस्न लागेको हो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया