अब रुस-युक्रेन युद्ध रोक्ने रणनीतिमा छन् ट्रम्प
ट्रम्प आफूलाई शान्तिवादी नेता भन्दै आएका छन्। अघिल्लो कार्यकालमा उनले अमेरिकालाई कुनै पनि युद्धमा सामेल गराएनन्। यसकारण उनको प्रशंसा भएको थियो। यसपालि पनि चुनावी अभियानका क्रममा आफू राष्ट्रपति भएपछि संसारमा चल्दै आएका युद्धहरू रोक्ने वाचा गरेका थिए। दोस्रोपटक राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै उनले युद्धहरू रोक्ने प्रयास पनि गरेका थिए। खासगरी रुस-युक्रेन र इजरायल-हमासबीचको लडाईं रोक्न उनले थुप्रै प्रयासहरू गरेका थिए। तर वर्षौंदेखि चल्दै आएका यी युद्ध अझै रोकिएका छैनन्। पछिल्लोपटक इजरायलले इरानमा आक्रमण गरेपछि भने ट्रम्पले अलकति रणनीति बदले। इरानमाथि आक्रमण गरे अनि उसका परमाणु परियोजनाहरू ध्वस्त पारेको दाबी गरे। यद्यपि यसबारे केही विवादहरू छन्। तर अमेरिकाको त्यो आक्रमण युद्धबिरामको बाटोतिर अघि बढ्यो।
बिएल संवाददाता - काठमाडौं