एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने
राष्ट्रिय परीक्षा बोर्डले ०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं