आइतबार, ०९ अगस्ट २०२६

घरमै पुगेर नागरिकता प्रदान गर्दै ललितपुर प्रशासन

News Image
• • •

जिल्ला प्रशासन कार्यालय ललितपुरले वृद्ध र अशक्तहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ।

बिहीबार सहायक सीडीओ सुप्रभा खनाल ढुंगेलको टोलीले ललितपुरका विभिन्न स्थानमा सेवाग्राहीको घरमै पुगेर नागरिकता प्रदान गरेको हो।

प्रशासन कार्यालयको टोलीले शारीरिक रुपमा अशक्त ललितपुर–१५ का देवीप्रसाद अधिकारी र ललितपुर–२२ की ९६ वर्षीया माया तामाङलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ।

घरमै सेवा पाएपछि सेवाग्राही प्रशन्न देखिएका छन्।

सरकारले पनि पासपोर्ट, लाइसेन्सलगायत डकुमेन्टहरू घरघरमै वितरण गर्ने योजनाअनुसार काम गरिरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!