आइतबार, १७ मे २०२६

रवि लामिछानेले भने– मैले राप्रपालाई धाेका दिएकाे छैन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

रास्वपा सभापति रवि लामिछानेले राप्रपालाई आफूले धोका नदिएको बताएका छन्।

सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले यस्ताे बताएका हुन्। 

राप्रपालाई धोका नदिएको बताउँदै उनले भने, ‘सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि। ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ। राजनीतिक सहकार्य हाम्रो कयौं गर्न बाँकी छ। एउटा माघले कहाँ जाडो जान्छ र?’

उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!