बिएल संवाददाता
भूमि व्यवस्थापनसँग सम्बन्धित कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्न सरकारको स्पष्ट निर्देशन भए पनि जिल्लाका विभिन्न सरकारी निकायमा बिचौलियाको गतिविधि अझै रोकिएको छैन ।
गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत, नापी लगायतका कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन जारी गरेको थियो । तर सर्लाहीका केही कार्यालयमा उक्त निर्देशन कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको देखिएको छ ।
गत आइतबार मात्रै जिल्ला सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय तथा यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ । उनीहरू सेवाग्राहीलाई काम छिटो गराइदिने भन्दै रकम असुल्दै आएको आरोप छ ।
यस्तै, बरहथवास्थित नापी कार्यालय परिसरमा पनि बिचौलियाको सक्रियता घटेको छैन । लेखापढी व्यवसायीको नाममा बस्ने केही व्यक्तिहरूले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराइदिने बहानामा अतिरिक्त रकम लिने गरेको स्थानीयले गुनासो गरेका छन् ।
त्यहाँ, बिचौलियाहरूले काम सहज रूपमा गरिदिने बहानामा सेवाग्राहीबाट करिब २ हजारदेखि २५ सय सम्म रकम असुल्ने गरेको पाइएको छ । सेवाग्राहीलाई कार्यालयका प्रमुखले समेत उनी (बिचौलिया) सँग मिलेर काम गर्न लगाउने गरेको स्थानीयहरू बताउँछन् ।
यस्तै, जिल्लाका अन्य यातायात व्यवस्था कार्यालयदेखि त्यहाँको ट्रायल सेन्टरसम्म, भूमि सुधार तथा मालपोत लगायतका कार्यालयमा समेत बिचौलिया अझै सक्रिय छन् ।
सरकारी कार्यालयमा बिचौलियाको पहुँचले सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् । कानुनी रूपमा निःशुल्क वा न्यून शुल्कमा हुने सेवाका लागि समेत अतिरिक्त रकम तिर्न बाध्य बनाइएको भन्दै सर्वसाधारण आक्रोशित छन् ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया