शुक्रबार, १७ अप्रिल २०२६

वकिलहरूलाई सिंहदरबार प्रवेशमा रोक्नु हुँदैनः सुहाङ नेम्वाङ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

एमालेका युवा सांसद सुहाङ नेम्वाङले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा गरिएको कडाइप्रति चासो राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै कानुन व्यवसायीहरूलाई नेपाल बार काउन्सिलले जारी गरेको परिचयपत्रका आधारमा सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन लिखित ध्यानाकर्षण गराएका हुन्। 

प्रधनमन्त्रीको सचिवालयमा समेत आफूले यसबारे मौखिक जानकारी गराएकाे बताउँदै उनले भने, ‘वकिलहरूको ५०–६० प्रतिशत काम सिंहदरबारभित्र हुने भएकाले नयाँ नियम लागु गर्नु भएन भनेर ध्यनाकर्षण गराएँ। सिंहदरबार प्रवेशमा असहज परिस्थिति भए काममा ढिलासुस्ती हुने र सेवाग्राही मर्कामा पर्ने हुन्छ।'

वकिलहरूका केही कमीकमजोरी भए सच्याउनुपर्ने बताउँदै उनले 
नागरिक एपबाट प्रवेश पास लिएर मात्र सिंहदरबार प्रवेश गर्नुपर्ने नयाँ नियम हटाएनुपर्ने बताए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!