आइतबार, ०५ अप्रिल २०२६

स्ट्रेट अफ होर्मुज बन्द गर्ने इरानी सैनिक कमान्डर मारिए

News Image
• • •

इरानले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका (आईआरजीसी)का नेभी कमान्डर अलिरेजा तंगसिरी मारिएको पुष्टि गरेको छ।

इरानी न्युज एजेन्सी इर्नाले तंगसिरीको मृत्यु हमला गम्भीर चोटका कारण भएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ।

इजरायलले सैन्य कारबाहीमा तंगसिरीको मृत्यु भएको दाबी गरेको ४ दिनपछि इरानले आधिकारिक पुष्टि गरेको हो। तंगसिरी ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग बन्द गर्नै इरानी सैनिक कमाण्डर थिए।

इजरायली रक्षामन्त्री इसराइल काट्जले इजरायली सेनाको अपरेसनका क्रममा उनी मारिएको दाबी गरेका थिए। सो हमलामा उनीसँगै अन्य केही अधिकारीसमेत मारिएको इजरायलले दाबी गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!