शनिबार, ०४ अप्रिल २०२६

रुपन्देही-२ मा रास्वपाका सुलभ विजयी, विष्णु पौडेल पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

रुपन्देही क्षेत्र नम्बर– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन्।  

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल विजयी भएका हुन्। 

विजयी खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दा पौडेलले १२ हजार ३०२ मत मात्र ल्याएका छन्। 

यस्तै नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार १६ मत पाएका छन्। 

रुपन्देही २ मा कुल ८६ हजार ५३० मत खसेको थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!