मङ्गलबार, १४ अप्रिल २०२६

आज सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रतिनिधि सभा निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक आइतबार सार्वजनिक सम्बोधन गर्दैछिन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आज अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला मन्त्रालयले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने भएकी हुन्। 

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएयता प्रधानमन्त्री कार्कीले पहिलोपटक सार्वजनिक मञ्चमा भाषण गर्न लागेकी हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधान्यायाधीश कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!