शनिबार, ०४ अप्रिल २०२६

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल विजयी भएकी छन्।

ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। 

यस्तै, उनका प्रतिस्पर्धी कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन्।

टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारूले ८ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

यस्तै, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपानेले ४ हजार ४९३ मत प्राप्त गरेका छन्। 

स्वतन्त्र उम्मेदवार फागुराम थारूले ३ हजार ३८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर ले २ हजार ९३७ मत पाएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!