मङ्गलबार, १४ अप्रिल २०२६

एमाले मकवानपुर अध्यक्ष पोखरेलले राजीनामा दिँदै भने– नेतृत्वले पनि राजीनामा दिनुपर्छ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन्।

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार हार्ने अवस्था बनेपछि पोखरेलले पदबाट राजीनामा घोषणा गरेका हुन्। 

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। 

उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिएका छन्।

आइतबार बिहान सार्वजनिक प्रतिनिधि सभा निर्वाचनको मकवानपुर २ को अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्।

यस्तै क्षेत्र नम्बर १ मा पनि रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेकाले एमालेको हार निश्चितजस्तै बनेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!