‘ऋतु’ उपन्यास सार्वजनिक
बुक्स हिमालयद्वारा प्रकाशित उक्त कृतिको विमोचन प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सिर्जना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठ, समाजका सचिव तथा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, नाटककार एवं कवि राम केएसी, बुक्स हिमालयका रोमन शाक्य, लेखकका श्रीमान् यज्ञश्वर जोशी तथा स्वयं लेखक लक्ष्मीलोचना वैद्यले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यमा वैद्यको योगदानको चर्चा गर्दै ‘ऋतु’ उपन्यासले पाठकमा नयाँ अनुभूति दिने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं