बिएल संवाददाता
प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहिबार बेलुका काठमाडौं आइपुगेका छन्।
शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन्।
नेपाल आइपुगेका अलीले नेपाल आफ्नाे मनकाे नजिक रहेकाे बताए। उनले नेपाल संसारकै सुन्दर देश समेत भएको जिकीर गरे।
उनले भने, ‘नेपाल मेरो दिलको नजिक छ। नेपाललाई म धेरै माया सम्मान समेत गर्छु। नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई। मेरो गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र भगवानको कृपा छ।’
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ।
अलीले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेका हुन्। अलीसँगै उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिने कार्यक्रम छ।
उनका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ। यसबाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन्।
उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ।
यो गीतका संगीतकार दीपक जंगमलाई समारोहमा विशेष सम्मान प्रदान गरिने भएको छ। जंगमले अलीका ४ गीतमा शब्द रचना तथा संगीत दिएका छन्।
टिकटबाट संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई १ वर्षको छात्रवृति दिइने भएको छ। टिकट व्यवस्थापन इसेवाले गर्नेछ। टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया