बिएल संवाददाता
साहित्यकार लक्ष्मीलोचना वैद्यद्वारा लिखित उपन्यास ‘ऋतु’को विमोचन भक्तपुर दरबार स्क्वायरस्थित ख्वपछें रेष्टुरेन्टमा सम्पन्न भएको छ।
बुक्स हिमालयद्वारा प्रकाशित उक्त कृतिको विमोचन प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सिर्जना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठ, समाजका सचिव तथा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, नाटककार एवं कवि राम केएसी, बुक्स हिमालयका रोमन शाक्य, लेखकका श्रीमान् यज्ञश्वर जोशी तथा स्वयं लेखक लक्ष्मीलोचना वैद्यले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यमा वैद्यको योगदानको चर्चा गर्दै ‘ऋतु’ उपन्यासले पाठकमा नयाँ अनुभूति दिने विश्वास व्यक्त गरे।
प्रकाशक बुक्स हिमालयका प्रतिनिधि रोमन शाक्यले पुस्तकको महत्त्व र बजार विस्तारबारे प्रकाश पार्दै आगामी दिनमा यस्ता सिर्जनात्मक कृतिहरूलाई प्रवर्द्धन गर्दै जाने बताए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया