आइतबार, १७ नोभेम्बर २०२४

बर्दघाट-दाउन्ने सडक आज राति १० देखि भोलि बिहान ५ बजेसम्म बन्द हुने

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको राहत कोषमा ५० लाख दिने एमालेकाे निर्णय

नेकपा (एमाले)को सचिवालय आजको बैठकले ५० लाख रूपैयाँ रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२० राजमार्ग अझै बन्द, हवाइ उडानमा ‘नयाँ रेकर्ड’

चारैतिर सडक यातायात अवरुद्ध भएपछि हवाईयात्रामा यात्रुको चाप बढेको छ। सडकहरू अवरुद्ध हुँदा महंगो हवाई उडानमा पनि त्रिभुवन विमानस्थलमा सोमबार रेकर्ड भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अपडेट: बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ। विपद्मा परि २८ जना बेपत्ता छन्।  प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।  बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ।  अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो।  बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।  आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन दिन राष्ट्रिय शोक घोषणा, उद्दार काेषमा १ अर्ब जम्मा गरिने

सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

धादिङको मलेखुनजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फि बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भासियो दाउन्ने सडक, यात्रु बाटोमै अलपत्र

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ। चार लेनको सडक सोमबार साँझ साढे ४ बजे पूर्णरुपमा भासिएपछि अहिले पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवपरासी (पूर्व)

बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दाको तयारी

सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ।घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पत्रकारले साेधेकाे प्रश्नकाे जवाफ नै नदिएर विमानस्थलबाट हिँडे ओली

उनी स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा साेधिएका प्रश्नकाे प्रधानमन्त्री ओलीले जवाफ नै नदिएर हिँडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी राेक्न त सकिन्नँ नि, पूर्व सूचना गरेर पहिराे पनि राेकिन्नँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि सरकारकाे विरोध नगर्न भनेका छन्। अमेरिका भ्रमणपछि फर्केर आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सरकारले विपदका बेला आफ्नाे बुँताले भ्याएसम्म काम गरिरहेकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्वदेश फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन्। उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या २०० पुग्यो

तीन दिनको अविलर वर्षापछि आएको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २०० पुगेको छ। नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्म बाढी–पहिरोमा मृत्यु हुनेकाे संख्यामा ३०० पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अवरुद्ध भएका कुन–कुन राजमार्ग खुले?

तीन दिनको अविरल वर्षापछि आएको बाढी–पहिरोले अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको छ। तर सडकहरू खुलाउन निकै समय लाग्ने देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीले बगाएका दुई जनालाई उद्दार गर्ने चणिकलाल कावा प्रधानमन्त्रीको सम्मान

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्। सोमबार शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवरुद्ध राजमार्ग र सडकहरु पूर्णरुपमा संचालनमा आउन समय लाग्ने

सहसचिव एवम् प्रवक्ता सुशीलबाबु ढकालकाअनुसार सडकहरुमर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तत्काल राहत वितरण सुरु गरिने

राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले विपद्बाट समस्यामा परेका नागरिकलाई तत्काल राहत वितरण गर्ने निर्णय गरेको छ। राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट गरिने पनि निर्णय गरिएको गृह मन्त्रालयका सह सचिव ऋषिराम तिवारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज पनि घट्यो सुनचाँदीको मूल्य

साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार १ सय रूपैयाँले घटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ