
बिएल संवाददाता
काठमाडौं
दोस्रो टी–२० अभ्यास खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई पराजित गरेकाे छ
मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ लाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ‘ए’ले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो। आयरल्याण्ड ‘ए’का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए।
त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक-एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।
नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाएका थिए।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए। यो जितसँगै नेपालले सिरिज २-० ले जितेको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .