
बिएल संवाददाता
काठमाडाैं
त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज (आइतबार) हङकङ-चाइनासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे हङकङको मोकं कोकमा सुरु हुनेछ।
सिरिजमा आयाेजक हङकङ-चाइनासहित नेपाल र पपुवा न्युगिनी (पिएनजी) सहभागी छन्। नेपालले मंगलबार पिएनजीसँग खेल्नेछ। भने, फाइनल खेल बुधबार हुनेछ।
सिरिज सुरु हुनुअघि शनिबार नेपालले हङकङ-चाइनासँग फ्रेन्डसिप म्याज खेलेकाे थियाे। जसमा नेपाल ७२ रनले पराजित भएकाे थियाे।
क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ। भने, विनोद भण्डारी, लोकेश बम, आकाश चन्द रासिद खानलाई समावेश गरिएको छ।
नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .