मङ्गलबार, १७ जुन २०२५

‘क्यान्टोनमेन्ट‘ र ‘शेरा दरबार’बाट पार नलागेपछि अब ‘दुई बुँदे’ देखाएर बदनाम गर्न थाले’

News Image
• • •

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको माझ नान थालेपछि पार्टीको इमेज ह्वात्तै बढेको र आफ्नो क्रेज ०६४ सालको जस्तै देखिन थालेको दाबी गरेका छन्।

चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनताहरू माओवादीतर्फ केन्द्रीत हुन दाबी गर्दै थालेपछि दलाल, नोकरशाहहरू, प्रतिक्रियावादी, अवसरवादीहरू आत्तिएका र षड्यन्त्र गरेर बदनाम गराउने प्रयासमा लागेका टिप्पणी गरे।

‘प्रचण्डको क्रेज मैले ०६४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो लाखौं मान्छेसँग प्रत्यक्ष भेट भयो। बालबालिका, युवा, वृद्धवृद्धाहरू सबै माओवादी र प्रचण्डतिर केन्द्रीत हुन थाले, यो देखेर दलाल, नोकरशाहहरू, प्रतिक्रियावादी, अवसरवादीहरूलाई बेचैन भइरहेको छ,’ प्रचण्डले भने, ‘माओवादी फेरि आउने देखेपछि कहाँ हान्ने भनेर षड्यन्त्र भइरहेको छ।’

उनले शेरा दरबारदेखि गोरु बेचेको साइनो पनि नभएको ठाउँमा समेत प्रचण्डलाई जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाए। उनले शेरादेखि क्यान्टोन्मेन्टमा समेत आफूलाई जोडेर बदनाम गर्न नसकेपछि अहिले दुई बुँदेलाई ल्याएर माओवादीलाई बदनाम गर्न खोजिएको जिकिर गरे।

उनले थपे, ‘शेरा दरबार १२ वर्षअघि पार्टी छाडेको मान्छेसँग जोडेर प्रचार गरे। क्यान्टोनमेन्ट मेरो कुनै संलग्नता छैन, गिरिजाबाबु हुँदा नै फर्छ्यौट भइसकेको छ। क्यान्टोनमेन्टमा केही भएको भए अहिलेसम्म रहन्थ्यो त? तर क्यान्टोनमेन्ट ल्याएर प्रचण्डलाई केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको छ। त्यो पनि पार लाग्नेजस्तो नदेखेपछि अहिले दुई बुँदेलाई ल्याएर सरकारमै रहेकाहरूले माओवादीलाई बदनाम गर्न खोजिरहेका छन्।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?