शुक्रबार, ०४ जुलाई २०२५

जायज माग सम्बोधनका लागि शिक्षकहरूले सडकमा सुत्न पर्दैनः प्रधानमन्त्री

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले जायज माग सम्बोधनका लागि शिक्षकहरूले आन्दोलन गर्नै नपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरूका जायज माग सम्बोधनका हुने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले शिक्षक आन्दोलन चलेको छ। किन चलाउनुभएको हो शिक्षक साथीहरूले? मलाई थाहा छैन। म प्रधानमन्त्री छु, भनिराखेको छु, जायज मागहरू लिएर कोही आउँदाखेरी आन्दोलन गरिरहनुपर्दैन, हामी त्यसको समाधान दिन्छौं। हामी त्यसलाई सम्बोधन गर्न तयार छौं।’

ओलीले शिक्षकहरूले आफ्ना जायज माग सम्बोधन गराउन सडकमा गएर सुत्न नपर्ने बताउँदै कुराकानी गरेर समाधान गर्न आफू तयार रहेको प्रतिक्रिया दिए।

ओलीले भने, ‘उहाँहरूले दुःख पाउनै पर्दैैन नि, सडकमा गएर सुत्नै पर्दैन। आउनुस्, कुराकानी गरेर त्यसलाई समाधान गरौं भनिराखेकै छु। उहाँहरूले किन दुःख पाउनु भएको हो? कुराकानीमा आउनुहोला, कुराकानीमा आउनेवित्तिकै हामी उहाँहरूको मागलाई यथोचित ढंगले सम्बोधन गर्छौं।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?