शुक्रबार, ०४ जुलाई २०२५

गभर्नर नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकमा रिक्त रहेको गभर्नर नियुक्तिको विषयमा निर्णय हुनसक्ने सम्भावना रहेको अर्थमन्त्रालय स्रोतले बतायो।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि सकिएपछि नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?