सोमबार, १८ नोभेम्बर २०२४

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाकाे निर्णय

File Photo
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ।

बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

रास्वपाले यसअघि उनलाई पार्टीकाे हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो।

ढकालले भने कानुनअनुसार आफू अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?