बिएल संवाददाता
काठमाडाैं
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।
निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन्।
बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ। मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोलप्रति लिटर १७१ रुपैयाँ भएको छ। भने, डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ।
निगमले भारतबाट आएको नयाँ मूल्यसूची बढेर आएकोले मूल्य बढाउनु परेको जानकारी दिएको छ।