मङ्गलबार, १९ नोभेम्बर २०२४

प्रभु साहको पहलमा निर्माण भएको धनसर–जंगलसैया सडक कालोपत्रे

News Image
• • •

रौतहटको धनसर–जंगलसैया-कटहरिया सडक कालोपत्रे भएको छ।

रौतहट-३ का सांसद प्रभु साहले ‘सडक बढाऔँ–सडक बचाऔँ’ अभियानअन्तर्गत सो सडक मुआब्जा र बजेट विना नै वर्षौं पहिले ट्याक खोलिएको थियो।

धनसर–जंगलसैया सडक १४ किलोमिटरको रहेको छ। यसमा १२ किलोमिटर जंगल रहेको छ। १२ मिटर चौडाईको यो सडकको ट्याक २०७५ सालमा खोलिएको थियो। वन कार्यालयको अनुमतिविना नै १२ किलोमिटर सडक सर्वसधारणको सहयोगमा ट्याक खोल्ने काम भएको थियो।

ट्याक खोलेर ग्राभेल गरिएको सो सडक पाँच वर्षपछि संसदीय रणनीतिक सडक योजनाअन्तर्गत दुई करोड लागतमा कालोपत्रे गरिएको छ।धनसर–जंगलसैया सडक हुँदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै विभिन्न ठाउँमा आउजाउ गर्न सजिलो हुने भएको छ।

आम जनता पार्टी (आजपा)का अध्यक्षसमेत रहेका पूर्वमन्त्री साहको पहलमा धनसर–जंगलसैया सडक लगतात  रौतहटमा ३ सय किलोमिटर भन्दा बढी सडक मुआब्जा र बजेट बिना नै निर्माण भएको छ। रौतहटमा विकास निर्माणको कार्यलाई लिएर प्रभु साहको देशैभरी मोडेलको रुपमा चित्रण गर्ने गरिएको छ।

रौतहटका गौरिशंकर साहले जिल्लामा भएको विकासलाई सबैले बिना पूर्वाग्रह नमुनाको रूपमा प्रस्तुत गर्नसक्नुपर्ने बताउँछन्।

‘असम्भवलाई सम्भव तुल्याउने प्रभु साहको विशेषता हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ। रौतहट क्षेत्र नम्बर–३ मा मात्रै बिना बजेट बिना मुआब्जा झण्डै ३ सय किलोमिटर सडक निर्माण यसको उदाहरण हुन। यसको लागि माननीय प्रभु साहजीलाई जति सराहना गरे कम हुन्छ’, उनले भने।

काठमाडौँ–तराई मधेस फास्ट ट्याकको निर्माण वर्षौदेखि भइरहेको छ। अर्बौं बजेट सकिसक्यो। कहिले वनको कारण त कहिले अदालतको मुद्धा त कहिले बजेटको अभावलगायत विभिन्न कारणले फास्ट ट्याकको काम अझै सम्पन्न भएको छैन्। तर धनसर जंगलसैया सडक बनाउँन बिना बजेट र बिना मुआब्जा सडक निर्माण हुनुले इच्छा शक्ति भए विकास असम्भव नभएको साहले बताए।

देशमा अर्बौको बजेट भएर पनि बर्षौसम्म सडक निर्माण हुन सकिरहेको छैन्। तर बिना बजेट रौतहटमा सयौ किलोमिटर सडक निर्माण सहित कालोपत्रे भएको खबर देशबासीका लागि खुशीको खबर भएको उनले बताए।

‘जनप्रिय नेता प्रभु साहद्वारा सञ्चालित सडक बढाऔँ–सडक बचाऔँ अभियानअन्तर्गत आजभन्दा पाँच वर्ष अगाडि बिना बजेट आम जनताको सहयोगमा निर्माण भएको धन्सर–जंगलसैया सडकको आज कालोपत्रे सम्पन्न भएको छ। पत्याउनै गार्हो हुने विधि र प्रक्रियामार्फत छोटो समयमा निर्माण भएको सडक यति छोटो समयमा ट्रयाकदेखि कालोपत्रेसम्म पुर्याउनु आफैँमा आश्चर्यको कुरा हो। यहाँ कतिपय सडकमा राज्यको अर्बौं खर्च भइसक्दा समेत बन्न नसकेको अवस्थामा रौतहटबासीका लागि खुशीको बिषय भएको छ’, साहले भने।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?