बिएल संवाददाता
काठमाडौं
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश जारी गरेकाे छ।
मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएकाे हाे।
सर्वोच्चले कारण देखाऊ आदेशसँगै दुवै पक्षलाई छलफलका लागि असार २१ गते बोलाएको छ।
सरकारले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए।