बिएल संवाददाता
काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) काे नतिजा सार्वजनिक गरेको छ।
चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
नयाँ लेट ग्रेडिङ प्रणालीअन्तर्गत निकालिएको नतिजामा कुल चार लाख ६४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुत्तीर्ण (ननग्रेडिङ) भएका छन्।
सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशको देखिएको छ भने, सबैभन्दा कमजाेर नतिजा सुदूरपश्चिमको आएको छ।
बागमती प्रदेशबाट ६६.१२ प्रतिशत उत्तीर्ण भएका छन् भने सुदूरपश्चिमबाट ३१.८८ प्रतिशत मात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
कोशी प्रदेश
बोर्डका अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३६ हजार ९३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने ३९ हजार ८९५ जना ननग्रेडिङमा परेका छन्।
मधेस प्रदेश
मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थीले परीक्षा दिएकोमा ३७ हजार ३०६ जना उत्तीर्ण भएका छन् भने ४२ हजार २८६ जना ननग्रेडमा परेका छन्।
बागमती प्रदेश
बोर्डका अनुसार यस पटकको एसईई परीक्षामा सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशले ल्याएको छ। बागमतीबाट कुल ९९ हजार ८७२ जना सहभागी भएकोमा ३३ हजार ८४३ जना ननग्रेडमा परेका छन्।
गण्डकी प्रदेश
गण्डकी प्रदेशबाट परीक्षामा ४० हजार ५२६ जना सहभागी भएकोमा २० हजार २५१ परीक्षार्थी उत्तीर्ण भएका छन् भने २० हजार २७५ ननग्रेडमा परेका छन्।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ जना सहभागी भएकोमा ३१ हजार १०३ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ४९ हजार २२४ जना परीक्षार्थी ननग्रेडमा परेका छन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट परीक्षामा सहभागी कुल ३५ हजार ३४ परीक्षार्थीमध्ये १४ हजार ६५४ मात्रै उत्तीर्ण भए भने २० हजार ३८० जना ननग्रेडमा परेका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट कुल ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा जम्मा १७ हजार ३६ जना मात्रै उत्तीर्ण भएका छन् भने ३६ हजार ४१० परीक्षार्थी ननग्रेडमा परेका छन्।
१ .
दुई संसदीय समितिको बैठक बस्दै
बिएल संवाददाता
-काठमाडाैँ
२ .
३ .
४ .
५ .
विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध
बिएल संवाददाता
-काठमाडाैँ