बिएल संवाददाता
काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ।
जसपा संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आइतबार एक विज्ञप्ति जारी गर्दै गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठककाे निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिइन्।
‘गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठकले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको व्यहोरा जानकारी गराइन्छ। साथै नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिसकेको समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएकाे छ।
साथै जसपा नेपालले आजका मितिदेखि नै आफ्नो दल प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय गरेकाे छ।