बिएल संवाददाता
काठमाडाैँ
संघीय संसद भवन भित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ।
२२ वर्षीय प्रहरी जवान अजित गाेलेले दुई नम्बर गेटकाे शाैचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा पारिवारिक समस्याको कारण गोली हानी आत्महत्या गरेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।