मङ्गलबार, १९ नोभेम्बर २०२४

नेपालकाे कानुनलाई मान्य हुने गरेर आए टिकटकसँग कुनै आपत्ति छैन: मन्त्री शर्मा

News Image
• • •

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालकाे कानुनलाई मान्य हुने गरेर आए टिकटकसँग कुनै आपत्ति नभएकाे बताएकी छन्। 

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले टिकटक नाममा कुनै समस्या नभएकाे बताएकी हुन्। 

‘नेपालका कानुनहरु, नेपालको समाज, हाम्राे आफ्नाे सामाजिक महत्व छ। यो सबैलाई पनि मान्य हुने गरेर कुनै पनि हाम्रा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरु आउँछन् भने हामीलाई टिकटकलगायत कसैसँग पनि आपत्ति छैन, मन्त्री शर्माले भनिन्, ‘मुख्य कुरा के हाे भने टिकटक नाममा हाम्रो कुनै समस्या होइन। टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो  आफ्नाे स्वनियमनको व्यवस्था थिएन, सबैले पनि स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?