मङ्गलबार, १९ नोभेम्बर २०२४

चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, श्रीमती र छोरीसहित ५ जना घाइते

Symbolic photo
• • •

काठमाडौँकाे चाबहिलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका छन्।

बुधबार चाबहिलको सरस्वती नगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफैँलाई आगो लगाउँदा श्रीमती र ३ छोरी घाइते भएका छन्।

सिंहकाे शरीरमा लागेका आगो निभाउने क्रममा ४४ वर्षीया श्रीमती बिन्दु सिंह, छोरीहरू २४ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानी घाइते भएका हुन्।

उनीहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा भर्ना गरिएकाे छ।

सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति श्रीमतीसँग झगडा गरेपछि आगो लगाएकाे प्रहरीले जनाएकाेछ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?