मङ्गलबार, १९ नोभेम्बर २०२४

सर्‍यो बजेट भाषण

News Image
• • •

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको दुवै सदनको संयुक्त बैठक सरेको छ।

सरकारको अनुरोधमा संयुक्त सदनको बैठक ३ बजेसम्का लागि सारिएको संसद सचिवालयले जनाएकाे छ।

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन नसक्दा बैठक सरेको हो। सोमबार कार्यादेशको विषयमा शीर्षदलहरूबीच भएको छलफलमा सहमति नजिक पुगेको बताइएको थियो।

त्यसलाई मूर्तरुप दिन कार्यादलको बैठक केही समयमा बस्दैछ। बैठकले कार्यादेशको टुंगो लगाएमात्र संघीय संसदको दुवै बैठक बस्ने छ। 

कार्यादेशमा सहमति हुन सकेन भने काँग्रेसले संसद बैठक चल्न दिने छैन।

मंगलबारको संसद बैठकमा बजेट प्रस्तुत हुँदैछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?