सोमबार, १८ नोभेम्बर २०२४

सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न रञ्जिताले लगाइन् ‘ह्वीप’ 

News Image
• • •

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी छन्।

अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री शाहकाे विश्वासको मतकाे विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशनसहितकाे ह्विप जारी गरेकी हुन्।

उनले प्रदेशसभाकाे महत्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीकाे केन्द्रीय अध्यक्षलाई भएको बताउँदै विश्वासको मतको विपक्षमा मत दिन आग्रह गरेकी छन्।

‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुदाँ दैनिक सभा सञ्चालनलगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नुहुन निर्देशनसहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु', उनले भनेकी छन्।

मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदैछन्। सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन्।

५२ सदस्यीय सुदूरपश्चिमको प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?