बिएल संवाददाता
मोरङ
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ।
सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको जिल्ला प्रहरीकार्यालय मोरङले जनाएको छ।
दासको शव उनी बस्ने कोठाको बाथरूममा फेला परेको प्रहरीले जनाएकाे छ। उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट देखिएकाेले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो।
घटनाकाे विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।