बुधबार, २० नोभेम्बर २०२४

कोशी र गण्डकीका केही भागमा हिमपातकाे सम्भावना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

फाइल तस्विर
• • •

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ। अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा  आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?