मङ्गलबार, १९ नोभेम्बर २०२४

स्रोत नखुलेको ११ लाख बढी नगदसहित सर्लाहीबाट एक जना पक्राउ

News Image
• • •

प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगद बरामद भएको छ।

जिल्ला सर्लाही लालबन्दी नगरपालिका-१४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्राेत नखुलेकाे रकम सहि एकजनालाई पक्राउ गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले  प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद नेपाली रुपैयाँ १४ लाख दश हजारसहित एक जनालाई पक्राउ गरिएकाे बताए।

एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा माेटरसाइकल चालक लालबन्दी-१४ बस्ने अन्दाजी ४६ वर्षीय धनबहादुर पाख्रिन रहेका छन्।

प्रहरीका अनुसार पाख्रिनले पछाडी बोकेको कालो झोलामा अवैध रकमसहित सवार हुँदै थिए। पक्राउ परेका पाख्रिनलाई ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?