मङ्गलबार, १९ नोभेम्बर २०२४

कोरियाको चेओरवनका मेयरले  ललितपुरसँग ‘मित’ लगाउने 

News Image
• • •

ललितपुर महानगरले कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलको सम्मानमा मंगलबार स्वागत कार्यक्रम आयोजना गरेको छ। 

ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका असल अभ्यासहरु  हेर्नका लागि चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल ललितपुर महानगर आएका हुन्।

चेओरवनका मेयर जोङले ललितपुर महानगर कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताएका छन्। उनले भने, ‘सुन्दर सहरमा निम्ता दिनु भएकोमा धेरै धेरै धन्यवाद।’

काष्ठकला, धातुकला र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला आफूलाई धेरै राम्रो लागेको उनले बताए उनले बताए।

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि यो भ्रमण महत्वपूर्ण उनले बताए। समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने बताए।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि ललितपुरको यो भ्रमण महत्वपूर्ण हुने बताए।

कोरियाको चेओरवन सहरको केही  असल अभ्यासहरु ललितपुर महानगरले अनुसरण गर्दै कार्यान्वयन गर्ने तयारी गरेको बताए। ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन गत असोजमा कोरिया गएका थिए।

चेओरवन सहरका मेयर ली ह्युन जोङले आफ्नो सहरमा ललितपुर महानगरका प्रमुख सहितको टिमलाई निम्ता दिदैं कोरियामै भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताए। 

उप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालीले पाहुनालाई भगवान मान्ने बताउँदै कोरियाको चेओरवनका मेयरसहितको समूहलाई स्वागत  गर्न पाउँदा खुसी लागेको बताइन्। 

कोरियाबाट नेपालले उत्पादन, पर्यटन र पर्यावरणको क्षेत्रमा धेरै कुरा सिक्नु पर्ने बताइन्। दुई सहरले एक अर्काका असल अभ्यास सिक्नुपर्ने धारणा उनले राखिन्।

मेयर ली ह्युन जोङको आठ सदस्यीय प्रतिनिधि मण्डलमा योजनाका निर्देशक, पर्यटन योजना विभागका निर्देशक, संस्कृति  र खेलकु विभागका निर्देशक, अन्तर्राष्ट्रिय अफियरका इन्चार्ज लगायत छन्।

तीन दिने भ्रमणमा उनीहरुले पाटन दरबार क्षेत्रको अवलोकन, बुङमतिका सम्पदा अवलोकन गर्नेछन्। यसैगरी पाटनको हेरिटेज रुटमा  वाक गर्ने कार्यक्रम समेत रहेको छ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सूचनाअधिकारी देवप्रसाद गुरागाइँ पनि सहभागी थिए।

यसैगरी महानगरका प्रवक्ता एवम वडा नं.९का वडा अध्यक्ष राजु महर्जन, वडा नं.११का अरोज खड्गी पनि कार्यक्रममा उपस्थित थिए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?