सोमबार, १८ नोभेम्बर २०२४

माघ महिनामा मात्रै ६२ हजार नेपाली विदेशिए

File Photo
• • •

माघ महिनामा मात्रै ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका छन्।

वैदेशिक रोजागर विभागको तंथ्याकअनुसार पछिल्लो एक महिना मात्रै ६२ हजार १४७ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्।

जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४ महिला रहेका छन्। ३९ हजार ४२ जनाले भने श्रम स्वीकृति मात्रै लिएका छन्। त्यस्तै २३ हजार १०५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

विदेशिनेमध्ये ३० हजार ७८६ जनाले म्यानपावर व्यवसायी (संस्थागत) मार्फत श्रम स्वीकृति लिँदा ६ हजार ७६२ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिएका छन्।

जी टु जी मार्फत (सरकार–सरकारबीच सम्झौता भई) १ हजार ४९४ जना वैदेशिक रोजगारीमा गएका छन् भने विभिन्न ९९ देशमा जानका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्।

सबैभन्दा धेरै युएई जाने

श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी युएई गएका छन्। युएईका लागि १७ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै साउदी अरेबियाका लागि १२ हजार ३६६, कतारका लागि १२ हजार १६४, मलेसियाका लागि ६ हजार ७९५, कुवेत ३ हजार २५३ जनाले श्रम स्वीकृति (पुनः स्वीकृतिसहित) लिएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?