मङ्गलबार, २९ अप्रिल २०२५

सूचना प्रविधि र दूरसञ्चार क्षेत्रका अधिकांश सरकारी ठेक्का विवादित

बिएल संवाददाता

बिएल संवाददाता

सुवास भट्ट

News Image
• • •

बदलिँदो युगअनुसार सञ्चार क्षेत्रको प्रयोग व्यापक र सहज बनाउने सरकारको नीति छ। तर, सञ्चार क्षेत्रमा सरकारको लगानी रहेका अधिकांश ठेक्का विवादित बनेका छन्। खरिदसम्बन्धी केही ठूला ठेक्कामा भ्रष्टाचार मुद्दा दायरसमेत भएका छन्। ती मुद्दा अदालतमा विचाराधीन छन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय सूचना प्रविधि केन्द्र पछिल्लो समय ठूला ठेक्का र खरिद विवादमा मुछिँदै आएको छ। प्रायः एकै कम्पनी वा व्यक्तिलाई ठेक्का दिएको, अस्वाभाविक मूल्य कायम गरिएको, खरिद गरिएका वस्तु प्रयोगमा नल्याएकोजस्ता बेथिति केन्द्रमा देखिएका छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?