शनिबार, १६ नोभेम्बर २०२४

राष्ट्रिय गौरवको सुनकोशी–मरिण सुरुङको ‘ब्रेक थ्रु’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको सिँचाइ सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम)को स्विच थिचेपछि सुरुङ छेडिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका– २ कुसुमटारबाट सुरु भएको सुरुङ सुनकोशी गाउँपालिका– ७ कानढुंग्रीस्थित नदीकिनारमा निकालिएको छ ।

सोही ठाउँबाट सुनकोशीको पानी सुरुङमार्फत लगेर तराईमा एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने सरकारी योजना छ । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?