आइतबार, १७ नोभेम्बर २०२४

२१ प्रतिशतले बढ्याे रेमिट्यान्स, ७ महिनामा भित्रियाे ८ खर्ब बढी

News Image
• • •

चालु आर्थिक वर्षको सात महिनामा नेपालले ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हाे। गत वर्षको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो।

मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको तथ्यांकले देखाएकाे छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?