बिएल संवाददाता
काठमाडाैँ
तपाईंले ९० को दशकका विज्ञापनहरू हेर्नुभएको छ? छ भने टिभीमा लुनाको विज्ञापन याद होला, जहाँ एकजना मानिसले आफ्नो दुई पाङ्ग्रे गाडी चलाउँदै भन्छ – ‘आउ मेरो लुना’ अथवा फेभिकलको विज्ञापनमा जहाँ एक व्यक्तिले ‘यो फेभिकलको जोड यति बलियो हुन्छ कि जुन फुट्दै फुटदैन’ भनिरहेको हुन्छ।
ती विज्ञापनमा काम गर्ने अभिनेताको नाम हो राजकुमार हिरानी। त्यही राजकुमार हिरानीले जसले विष वर्षदेखि बलिउडमा एकपछि एक हिट फिल्म दिदैँ आईरहेका छन्। उनका हरेक फिल्मका विषयवस्तुहरु अनौठा उत्सुक्ता जगाउने खालका हुन्छन्। अझ भन्ने हो भने हिरानीका फिल्ममा केही नयाँ बिशोषता हुन्छन्। र उनी आफ्ना दर्शकहरुलाई कसरी नयाँ प्रस्तुति दिने भन्ने कुरामा लागीपरिरहन्छन्। र हिट फिल्म दिन्छन्। यही नै हिरानीको बिशोषता हुन्।
हिरानीको हिट सूत्र
हिरानीका प्रत्येक फिल्म सामाजिक कथावस्तुमा आधारित हुन्छन्। यससँगै उनका फिल्महरुमा हाँसो, मजाक, ज्ञान, मनोरञ्जन लगाएत सबै विषयवस्तुलाई सरल ढङगबाट प्रस्तुत गरिएको हुन्छ। त्यससँगसँगै राजकुमार हिरानी भिडियो एडिटरबाट निर्देशक भएको हुनाले फिल्ममा केही फरक हुन्छ र नयाँपन देखिन्छ। ‘लगे रहो मुन्ना भाई’ देखि ‘डंकी’ सम्म राजकुमारले २० वर्षमा लगातर हिट फिल्महरु दिईसकेका छन्।
पाकिस्तानबाट आएको थियो हिरानीको परिवार
हिरानीको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा, सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि उनको परिवार पाकिस्तानबाट आगरा पुग्यो र नागपुरमा बसोबास गर्न थाल्यो। स्कुले जीवन नागपुरमा नै पूरा गरेपछि हिरानीले इन्जिनियरिङ कलेज भर्ना भए, तर अंकगणित बुझ्न सकेनन्। राजकुमारले बुबालाई अंकगणित नबुझेको भएर इन्जिनियरिङ पढ्न नसक्ने बताए। बुवाले एकदमै सहज भने, ‘त्यसो भए पढाइ नगर।’ त्यसपछि बुबाको सल्लाहमा हिरानी पुणेको फिल्म इन्स्टिच्युट गए। पहिलो वर्ष निर्देशनमा भर्ना नभए पनि दोस्रो वर्षमा एफटीटीआईमा सम्पादन (भिडियो एडिटिङ) मा भर्ना भए।
फिल्मको प्रोमो सम्पादन गर्थे हिरानी
एडिटिङको कलाले राजकुमार हिरानीको फिल्मी करियरको जग बसाल्यो जहाँ उनले छोटो (प्रोमो) फिल्म आदि सम्पादन गर्न थाले र त्यसपछि विज्ञापनहरू बनाए।
जब विधु विनोद चोपडाले ‘१९४२ अ लभ स्टोरी’ बनाइरहेका थिए, हिरानीले त्यो फिल्मको प्रोमो पाए त्यसपछि हिरानीले ‘करिब’ काे पनि एडिटिङ पाए। सन् २००० मा हिरानीले ‘मिशन कश्मीर’ सम्पादन गर्ने अवसर पाए र त्यहीँबाट हिरानीले आफ्नै फिल्म बनाउने निर्णय गरे।
करिब एक वर्षसम्म हिरानीले कुनै काम गरेनन् र मेडिकल कलेजमा अध्ययनरत आफ्ना साथीहरूको वरिपरि घुम्ने मात्र काम गरिरहे। र उनीहरूकाे कथामा आधारित ‘मुन्नाभाई एमबीबीएस’ बनाउने साेच बनाए।
‘मुन्नाभाई एमबीबीएस’ बनाउन शुरुमा उनले अनिल कपुर, विवेक ओबेरोयदेखि शाहरुखसम्मलाई कलाकारकाे रूपमा चुनेका थिए। तर पछि हिरानीले संजय दत्तसँग पहिलो फिल्म ‘मुन्नाभाई एमबीबीएस’ बनाए। त्यसपछि उनले हालसम्म ‘लगे रहो मुन्ना भाई’ थ्रि ईडिएट्स, पि.के, सञ्जु, डंकी जस्ता फिल्म निर्देशन गरिसकेका छन्।
राजकुमार हिरानीले भिडियो सम्पादकको रूपमा आफ्नो करियर सुरु गरे र आजसम्म उनी आफ्ना फिल्महरू आफैं सम्पादन गर्छन्।
फिल्मको कथा पनि उनले आफ्ना पार्टनर अभिजात जोशीसँग मिलेर आफै लेख्छन्। अहिले उनको आफ्नै प्रोडक्सन हाउस पनि छ।