सोमबार, ०४ अगस्ट २०२५

गतिलो नेटवर्कका लागि टावरसम्मै विद्युत बिस्तार

जुम्लाको तातोपानी गाउँपालिका -४ को हाँकुको लाग्नामा रहेको एनटीसी मोवाइल टावरमा बत्ति नहुँदा घाम नलागेको बेला फोन गर्न नपाइने समस्या थियो। टावरसम्मबै बिजुली पुगेपछि उक्त समस्या हल भएको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा  र गौतमबुद्ध अन्तराष्ट्रिय मानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

श्रीलङ्काले अपराध विरोधी विशेष अभियान शुरु गर्ने

श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने  भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कोलम्बो

परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद आज स्वदेश फर्किएका छन्। गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

२५ किलो चरेससहित २ जना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ। पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन्।    

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एलपीएलको उपाधि सत्यवती एकेडमीलाई

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ। आज सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्टस् क्लबलाई पाँच रनले पराजित गर्‍यो। सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस्ले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन्।शनिबार आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर (पाल्पा)

बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन्। हेटौँडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्छः अध्यक्ष ओली

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

चुनावको होइन देशको चिन्ता गरौँ : विश्वप्रकाश शर्मा

पाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अनशन बसिरहेका गाेबिन्द केसीविरुद्ध धनगढीमा नाराबाजी

डा.केसीविरुद्ध शनिबार धनगढीमा चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले नाराबाजी गरेकाे हुन्।केसीले गेटा मेडिकल कलेज बनाउने प्रदेशबासीकाे सपनाविपरीत अशनका बसेकाेले विराेध गरिएकाे समितिले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

कुवेतका राष्ट्रप्रमुख शेख नवाफको ८६ वर्षको उमेरमा निधन

कुवेती सरकारी टेलिभिजनले एक विज्ञप्ती जारी गर्दै शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको मृत्यु भएको घोषणा गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा विमानस्थलबाट बरामद

अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ। कार्टुनमा प्याक गरेर ल्याइएको गाँजा शुक्रबार राति बरामद भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि

बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्। उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस वर्ष अमेरिकामा घरबारविहीन हुनेको संख्या आजसम्मकै उच्च

विशेषज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकामा घरबारविहीनताको सङ्कटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं