बिएल संवाददाता
सातौँ दक्षिण एसियाली करातेका पदक विजेता चितवनका दुई खेलाडी र प्रशिक्षक सम्मानित भएका छन्।
नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो। यस्तै प्रशिक्षक दुर्गा कुमाललाई पनि सङ्घले नगदसहित सम्मान गरेको छ।
सङ्घले आज एक कार्यक्रमकाबीच पदक विजेता पार्वती र निक्षालाई जनही रु १०–१० हजार र सम्मानपत्रले सम्मान गरेको हो। यस्तै प्रशिक्षक कुमाललाई रु पाँच हजारसहित सम्मान गरिएको सङ्घका अध्यक्ष राजन कार्कीले जानकारी दिए।
पार्वतीले २१ वर्षमुनि ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल भएका थिए।
यस्तै निक्षाले २१ वर्षमुनि ४० केजी तौल समूहमा रजत पदक जितेका थिए। राष्ट्रका लागि पदक जितेका खेलाडीलाई हसौला प्रदान गर्नका लागि सम्मान गरिएको सङ्घका अध्यक्ष कार्कीको भनाइ छ।
सितोरियो कराते सङ्घ बागमती प्रदेश अध्यक्ष गगन लामा प्रमुख आतिथि रहेको कार्यक्रममा भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन, ट्राफिक प्रहरी कार्यलय बागमती प्रदेशका उपप्रमुख श्रीराम भण्डारी, नेपाल सितोरियो कराते सङ्घ चितवनका अध्यक्ष चित्रबहादुर राना, सङ्घ जिल्ला कार्यसमिति र भरतपुर महानगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया