बिएल संवाददाता
श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने भएको छ।
सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले शनिबार सो अभियान बारे जनाकारी दिएका छन्।
प्रहरी वरिष्ठ अधिकारीसँगको बैठकपछि मन्त्रीले लागुऔषध ओसारपसार र संगठित अपराधविरुद्ध कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिएका छन्। उनले लागु औषधजन्य अपराध र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सक्रिय सहयोग गर्न सर्वसाधारणलाई आग्रह समेत गरे।
नोभेम्बर २६ मा श्रीलङ्काको प्रहरी, विशेष कार्य बल र सेनाले संयुक्त रूपमा कोलम्बोको उपनगरहरूमा छापा मारेर ४० जनाभन्दा बढी व्यक्तिहरूलाई गिरफ्तार गरेको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया