बिएल संवाददाता
जुम्लाको तातोपानी गाउँपालिका -४ को हाँकुको लाग्नामा रहेको एनटीसी मोवाइल टावरमा बत्ति नहुँदा घाम नलागेको बेला फोन गर्न नपाइने समस्या थियो। टावरसम्मबै बिजुली पुगेपछि उक्त समस्या हल भएको छ।
टावसम्मै बिजुली पुगेपछि दर्जन बढी गाउँमा २४ सै घण्टा संचार सुविधा उपलब्ध हुन सकेको तातोपानी -४ का वडा अध्यक्ष अमर रोकायाले बताए।
'हामीले गिडिखोलाको जाल्पादेवी विद्युत सहकारीबाट विद्युत पुगेपछि तातोपानी भित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडा लगाएतका गाउँमा दिन रात संचाररको सुविधा पुगेको छ,' उनले भने, '१५ लाख बजेटमा हाँकु लाग्नामा विद्युत पुर्याएपछि दर्जनौं गाउँहरु संचारको सहज पहुँचमा पुगेका छन्।'
उनका अनुसार गत वर्ष पुसमा लाग्नाको टावरमा दिगो विद्युत व्यवश्थापनको लागि जिल्ला प्रशासन मार्फत नेपाल टेलिकम दुर सञ्चार कार्यालयको ध्यानार्कषण गराइएको थियोे। तथापि वर्षदिनसम्म समस्याको समाधान हुन सकेको थिएन।
'यो वर्ष विद्युत पुर्याउन सफल भएका छौं। नागरिकको सञ्चार सास्ती हटेको देख्दा सन्तुष्टि मिलेको छ, यो हाम्रो कर्तव्य पनि हो,' उनले थपे, 'हाम्रो वडाबाट ६ लाख र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतको ९ लाख ९६ हजार गरि कुल १५ लाख ९६ हजार बजेटमा टावरसम्म बिजुली पुर्याइएको छ।


माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया